२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चलचित्र प्रदर्शनबाट आएको रकम चेपाङ केन्द्रलाई सहयोग

प्रकाशित मिति : २०८१ असार ५ गते

रत्ननगर / सुयोग गुरूङद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘फर्किफर्कि’ गत जेठ १० गतेदेखि देशका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ । देशभित्र मात्र नभई देश बाहिर पनि प्रदर्शन भइरहेको छ । देशविदेश सबैतिर राम्रो चर्चा कमाइरहेको छ । चलचित्रले जापानमा पनि राम्रो व्यापार गरेको छ । अभिनेता अनमोल केसीकै उपस्थितिमा लागेको चलिचत्रको आम्दानी चितवनमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिएको छ ।

चितवन समाज जापानका उपाध्यक्षसमेत रहेका चलचित्र प्रदर्शक सुवास लामिछानेले चितवन स्थायी घर भई करिब एक दशकभन्दा लामो समयदेखि जापानमा बस्दै आएका सामाजिक अभियन्ता दीपक नेपालमार्फत चेपाङ केन्द्रलाई ८८ हजार ६५२ रूपैयाँ रकम सहयोग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उक्त रकमको चेक चेपाङ केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सुजन नेपालमार्फत हस्तान्तरण गरिएको हो । चलचित्र प्रदर्शक लामिछाने पर्वत समाज जापानका अध्यक्ष, एनआरएनए जापानका उपाध्यक्षलगायत विभिन्न संस्थामा समेत आवद्ध छन् । उक्त रकममा जापानमै बस्दै आएका सुनिल भण्डारीले पनि आफ्नो जन्मदिनमा पाँच हजार ऐन सहयोग गरेका थिए ।

सामाजिक अभियन्ता दीपक नेपालले भने हालसम्म चेपाङ केन्द्रलाई मात्रै २१ लाख ५३ हजार ५७६ रूपैयाँ सहयोग गरिसकेका चेपाङ केन्द्रका अध्यक्ष शर्माले बताए । ‘दीपक नेपालज्युले चेपाङ केन्द्र स्थापना भएदेखि हालसम्म पटकपटक गरी २१ लाख ५३ हजार ५७६ रूपैयाँ आर्थिक सहयोग गरिसक्नु भएको छ,’ उनले भने, ‘दीपक नेपालजस्ता सहयोगी हातहरूकै कारण आजसम्म चेपाङ केन्द्र जीवित छ ।’

- ADVERTISEMENT -

Advertisement

चेपाङ केन्द्र सञ्चालनमा आफूले माध्यममात्रै बनिदिएको हुँदा सहयोगी दाताबाटै संस्था सञ्चालन भइरहेको समेत केन्द्रका अध्यक्ष शर्माले बताए । ‘म माध्यममात्रै बनेको हुँ, म एक्लै रोएर कराएर चेपाङ बालबालिकाको पेटमा अन्न पर्दैन,’ उनले भने, ‘सहयोगी हातकै कारण आज यो केन्द्र स्थापित भएको छ । हाम्रो चुल्होमा आगो भर्भराउँदा यहाँहरूले कानमा आवाज पुगिरहेको छ । र, त चेपाङ केन्द्र चल्न सहज भएको छ ।’

करिब डेढ दशकअघि स्थापना भएको चेपाङ संरक्षण केन्द्रमा हाल १५० चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् । विपन्न चेपाङ समुदायको भविष्य निर्माणको लागि थालिएको अभियानमा सबैको हातेमालो आवश्यक रहेको हुँदा आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22