लमजुङ / अविरल वर्षाका कारण पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।
- ADVERTISEMENT -











































