२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

पोर्चुगलको दोस्रो सहज जित, अन्तिम १६ मा प्रवेश

प्रकाशित मिति : २०८१ असार ९ गते

काठमाडौं / पोर्चुगलले लगातार दोस्रो जित निकाल्दै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३–० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १–१ गोल गरे भने १ गोल आत्मघाती गोल भएको थियो।

पोर्चुगललाई २१औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै अग्रता दिलाए । नुनो मेंडेसको क्रस टर्किस डिफेन्डरलाई लागेर बक्स भित्रबाट सिल्भाको अघि पुगेपछि उनले गोल गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

२८औं मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलको दोस्रो गोल आएको थियो । टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुगेको थियो।

पोर्चुगलको तेस्रो गोल ५६औं मिनेटमा गर्‍यो । जोआओ क्यान्सेलोको थ्रु–पासमा बनेको मौकामा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजका लागि सहज मौका सिर्जना गर्दिएका थिए । फर्नान्डेजले सहजै गोल गर्न सफल रहे।

- ADVERTISEMENT -

Advertisement

जितपछि समूह एफमा पोर्चुगलको २ खेलमा ६ अंक भएको छ। टर्कीको २ खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १(१ अंक छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् । गए (शनिबार) राति नै भएको अर्को खेलमा बेल्जियमले रोमानियालाई २–० ले पराजित गरेको छ ।

समूह ई मा रहेका यी दुई टोलीको समान २–२ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99