२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनका रोशनको विश्व साइकल यात्रा सुरु

५ वर्षमा पूरा गर्ने लक्ष्य
प्रकाशित मिति : २०८१ असार १२ गते

चितवन / गोरखा स्थायी घर भई चितवनमा हुर्किएका रोशन लामिछाने विश्व साइकल यात्रामा निस्किएका छन् । लामिछानेले बुधबार बिहान भरतपुर–९, धारेचोक (निवास)बाट यात्रा तय गरेका हुन् । हाललाई चितवनबाट पूर्वको यात्रामा निस्किने तयारी भएको मङ्लबार नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

करिब पाँच वर्षमा विश्वका १५० बढी देशमा यात्रा गर्ने योजनासहित हाललाई पूर्वी भारत हुँदै बङ्गलादेशको यात्रा तय भएको उनले बताए । बङ्गलादेशको राजधानी ढाका पुगिसकेपछि पुनः नेपाल फर्किएर पश्चिममा महेन्द्रनगरको बाटो हुँदै भारतको राजधानी दिल्ली पुग्ने र त्यहीँबाट पाकिस्तान, अफगानिस्तानलगायतका मुलुकको भ्रमण गर्ने योजना रहेको उनले सुनाए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार सहयोग सङ्कलनबाटै साइकल यात्राको लागि हिँडेका लामिछानेलाई भीमसेन थापा गाउँपालिकाले साइकल सहयोग गरेको छ । वातावरण संरक्षण र मानव स्वास्थ्यको लागि साइकल यात्रामा निस्किएको उनले बताए । उनले विश्व साइकल यात्री पुष्कर शाहले साइकलमै विश्व घुमेपछि प्रकाशित गरेको पुस्तकबाट प्रभावित भएपछि आफूले पनि साइकलबाटै विश्व घुम्ने योजना बनाएको बताए ।

साइकल यात्राको लागि करिब चार वर्षदेखि तयारी गरिरहेको उनले बताए । ‘चार वर्षसम्मको तयारीपछि यात्रा तय गरेको छु,’ उनले भने, ‘कम्तिमा पाँच वर्षभित्र १५० देश घुम्ने योजना छ । सकिएन भने समय थप हुन पनि सक्छ ।’ विभिन्न मुलुक पुग्ने क्रममा सम्बन्धित मुलुकमा लायन्स क्लब तथा रेडक्रससँग समन्वय गरेर रक्तदान तथा वृक्षरोपण गर्ने कार्यक्रम रहेको उनले बताए ।

वि.सं.२०५५ साल पुस १० गते जन्मिएका लामिछाने गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं.२, काउलेका स्थायी वासिन्दा हुन् । हाल भरतपुर–९, धारेचोक बस्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37