February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन निकुञ्जमा सफारी बन्द, पैदल भने नरोकिने

June 30, 2024

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द गरिने भएको छ । मनसुन सुरु भएसँगै आज (आइतबार) देखि निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाउन लागिएको हो ।

निकुञ्जले हरेक वर्ष बर्खायाममा सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकोमा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल सफारी गर्ने सक्नेछन् ।

- ADVERTISEMENT -