काठमाडौं / मुगुमा आज (बुधबार) बिहान भूकम्प धक्का महसुस गरिएको छ ।
मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
- ADVERTISEMENT -

केन्द्रका अनुसार, भूकम्प ३ दशमलव ९ म्याग्निच्युडको रहेको थियो ।
मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।








































