२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने एक पक्राउ

प्रकाशित मिति : २०८१ श्रावण २ गते
- ADVERTISEMENT -

नवलपुर / आफ्नै बुबाको ढुङ्गा प्रहार गरी हत्या गर्ने नवलपुरका एकजना पक्राउ परेका छन् ।

नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालले निजका बुबा ४३ वर्षीय प्रेम कुमालको हत्या गरेका हुन् ।

आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको प्रनाउय पौडेलले जानकारी दिए ।

घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए ।

- ADVERTISEMENT -