२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

सूचना प्रविधिको भूमिका समाज रुपान्तरणका लागि महत्वपूर्ण – मन्त्री कुमारी मोक्तान

प्रकाशित मिति : २०८१ श्रावण ६ गते
file photo.

मकवानपुर / नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको शनिवार सम्पन्न प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् । उनले अबको क्रान्ति बिज्ञान र प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिइन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतम र नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिनले पनि वर्तमान युगमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताए । उनीहरुले उन्नत बिचार समाजमा स्थापित गर्नको लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्ने बताए ।

भेलामा अनुसन्धानमुलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति, प्राबिधिक विभाग भन्ने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक विभाग गठन गरिएको जिल्ला अध्यक्ष बुद्धराज अर्यालले बताए ।

प्राविधिक विभागको प्रथम भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा ४ सदस्य मनोनित गर्ने गरी १५ सदस्यीय प्राविधिक विभाग गठन गरेको छ । विभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाइली चयन भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20