२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा फोनिजले मनायो २५औं स्थापना दिवस

आदिवासी जनजातिका मुद्दामा फोनिजको ठूलो सहयोग
प्रकाशित मिति : २०८१ श्रावण २८ गते
Photo : babilal tamang / newsprabah

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ । भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

२५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरेको थियो । कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरी र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुुर गुरूङ प्रमुख वक्ताका रूपमा उपस्थित भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

फोनिजको स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनमा फोनिजको उपस्थिति र फोनिजले खेलेको भूमिकाको विषयमा संस्थापक अध्यक्ष एवम् संरक्षक चौधरीले प्रष्ट पारेका थिए । स्थापनाकालमा नेपाल आदिवासी जनजाति पत्रकार संघको रूपमा स्थापना भएको बताउँदै चौधरीले भने, ‘त्यतिखेर हाम्रो संख्या ज्यादै कम थियो । बीचमा आएर त्यतिबेलाको संघ महासंघ बन्यो । र, फोनिजकर्मीको संख्या पनि बढ्यो । तर, अहिले फेरी संख्या घटेको छ ।’

फोनिजको स्थापना भएपछि मात्रै आदिवासी जनजाति समुदायको हकअधिकार र मुद्दाका विषयमा सञ्चारमाध्यममा स्थान पाएको उनले दाबी गरे । ‘फोनिज स्थापना भएपछि बल्ल हाम्रा दबिएका आवाजले सञ्चारमाध्यममा स्थान पाउन थाल्यो,’ उनले भने, ‘हाम्रो आवाज बाहिर ल्याउन सफल भएपछि बल्ल जनजातिका आन्दोलन पनि बलियो बन्दै गयो ।’

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेपाल आदिवासी जनजाति महासंघ चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुर गुरूङले आदिवासी जनजातिका आन्दोलनलाई देशव्यापी प्रचार गर्न र राज्यसंयन्त्रसम्म पु¥याउनको लागि फोनिजको आवश्यकता भएरै पत्रकारहरूको संस्था जन्मिएको बताए ।

‘पहिलेपहिले हामीले आन्दोलनका क्रममा धेरै दुःख पायौँ । तैपनि दिनभरि आन्दोलन गरे पनि हाम्रा कुरा बाहिर ल्याउन सहज थिएन,’ उनले भने, ‘अहिलेजस्तो प्रविधिको विकास पनि भइसकेको थिएन । त्यसैले त्यतिबेला हामीले फोनिज जन्मायौँ । आज त्यही संस्था २५ वर्ष पुगेछ ।’

चितवनमा भने फोनिजले २०६७ सालदेखि संस्थागतरूपमा काम गर्दै आएको छ । त्यसयता आदिवासी जनजातिका गतिविधिलाई फोनिजको माध्यमबाट बाहिर ल्याउन धेरै सहज भएको नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले बताए । फोनिजलाई बलियो बनाउन आदिवासी जनजाति महासंघको जिम्मेवारी महŒपूर्ण हुने भन्दै उनले भने, ‘फोनिजका साथीहरूकै कारण पछिल्ला समय हामीले गरेका सबैजसो गतिविधिले कहीँ न कहीँ स्थान पाएको छ । हाम्रो कुरा पनि एक ठाउँको कार्यक्रमबाट जनमानसमा छर्न पाएका छौँ ।’

फोनिज चितवनका कार्यवाहक अध्यक्ष तुलमान गुरूङले पछिल्लो समय सञ्चारमाध्यममा आएका नयाँ फोनिजकर्मीलाई संस्था स्थापना र संस्थाको महŒवका विषयमा पुनर्ताजगी दिलाउनको लागि रजत वर्षको उपलक्षमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

फोनिज चितवनकी सहसचिव सविता दराईले स्वागत मन्तव्य दिएको कार्यक्रममा फोनिज चितवनका संस्थापक एवम् पूर्वसचिव÷पूर्व सङ्घीय सदस्य राजु चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96