२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ

प्रकाशित मिति : २०८१ श्रावण ३० गते

‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा देशभर विभिन्न कार्यक्रममा साथ यो दिवस लागिएको हो । सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धतासहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औँ महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको हो । युवा देशका कर्णाधार मानिन्छन् ।

युवा शक्तिले देशको समग्र विकासमा महŒवपूर्ण भूमिका खेलेका हुन्छन् । देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि युवा शक्तिको विशेष भूमिका रहेको हुन्छ । तर, विडम्बना नै मान्नुपर्छ नेपालका झन्डै एकतिहाइ युवा शक्ति विदेश पलायन भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ  । जनसाङ्ख्यिक हिसाबले युवाको जनसंख्या धेरै रहेको छ । देश निर्माणमा युवा शक्तिलाई परिचालन गर्न नसक्दा देशमा संकटको अवस्था उत्पन्न भइरहेको छ । १२ कक्षा उत्तीर्ण हुनासाथ विदेश जान लालायित हुने अवस्था र देशमा रोजगारीको अभावले युवाहरु दैनिकरुपमा हजारौँको संख्यामा विदेशमा काम खोज्दै भौँतारिनुपर्ने स्थितिले युवा पलायनको भयावह अवस्था देखा परेको छ । सरकारले रोजगारीको वातावरण सृजना गर्न नसकेकै कारण पछिल्लो समय देशमा बसेर केही हुँदैन भन्ने भाष्य स्थापित बन्न पुगेको छ । र, विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सका कारण मुलुकको अर्थतन्त्र धानेको विष्लेषण भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको पनि २० वर्ष पुग्न थालेको छ । सरकारले युवालक्षित कार्यक्रम कार्यान्वयन गर्न नसकेका कारण युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन सकेको छैन । अहिले युवाको मुख्य समस्या नै बेरोजगारी रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ । युवाको चिन्ता व्यवस्थापन गर्नेतर्फ सरकारले चासो नदिँदा अधिकांश युवा विदेशमा जोखिमपूर्ण काम गर्न विवश भएका छन् । स्वदेशमा राज्यले उपयोग गर्न नसक्दा देशको ठूलो जनसंख्या युवा भए पनि विदेसिन बाध्य छन् । युवाको स्वदेशमै व्यवस्थापन गर्न स्थानीय सरकारले युवामैत्री नीति ल्याएर ऋण प्रणाली, रोजगारीमुखी नीति र श्रम बैंक स्थापना गर्नुपर्छ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ ल्याएको छ । हुने खाने र टाठाबाठाले मात्र अनुदान प्राप्त गर्ने प्रवृत्तिको अन्त्य गर्दै युवालक्षित नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्नेतर्फ सरकार गम्भीर हुनु आवश्यक छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49