२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

ममता हत्या प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव लुकाएको अभियोग

प्रकाशित मिति : २०८१ भाद्र ८ गते
File photo.

भर्जिनिया (अमेरिका) / अमेरिकामा करिब एक महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्ट विरुद्ध त्यहाँको प्रहरीले शव लुकाएको अभियोग लगाएको छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको अमेरिकी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

बिहीबार पक्राउ गरेर शुक्रबार प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टमा पेश गरिएका भट्टविरुद्ध शव लुकाइएको अभियोग लगाइएको हो । उनको अर्को सुनुवाइ अगष्ट २४ तारिखमा हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

अदालतमा प्रहरीले पेश गरेको कागजातमा नरेशमाथि हत्याको अभियोग लगाइएको हो । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी भट्टले श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको अदालतमा पेश गरेको कागजातमा उल्लेख छ।

प्रहरीले घरभित्रै हत्या गरेको उनीसँग मिल्दोजुल्दो प्रमाण बरामद भएपछि यस्तो अभियोग लगाएको हो । प्रहरीले अदालतमा शव घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण पेश गरेको छ । ममता बेपत्ता हुनु अगाडि नरेशले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले नरेशले खरिद गरेका तीन चक्कुमध्ये दुई वटा अझै फेला पारेको छैन । प्रहरीले बेडरुम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाण फेला परेकोसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96