बाँके / बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ ।
झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो ।
- ADVERTISEMENT -
नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ ।
यस्तै, झाडापखालाबाट सात जना बिरामी परेका छन् । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।
गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।