२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

आत्महत्याका अधिकांश घटना मानसिक स्वास्थ्य – सरोकारवाला

प्रकाशित मिति : २०८१ भाद्र २६ गते

चितवन / विश्वभर वार्षिक सात लाख मानिसले आत्महत्या गरेको तीमध्ये अधिकांश घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको सरोकारवालाहरुले बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मंगलबार भरतपुरमा आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनसँगको सहकार्यमा बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौँडाले भरतपुरमा आयोजना गरेको आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रममा मृत्युका कारणमध्ये आत्महत्या पन्ध्रौँ स्थानमा रहेको जानकारी दिइयो । आत्महत्याका सम्भावित कारणमा आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक र अन्य जोखिम रहेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा। अनुपविक्रम बिसीले नेपालमा गत आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको बताए । उनका अनुसार यीमध्ये महिला २ हजार ५ सय ७३, पुरुष ३ हजार ७ सय २७, बालक ३ सय ३१ र बालिका ५ सय ९२ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालयका अर्जुन पौडेलले आत्महत्या रोकथाम सम्बन्धी सञ्चारकर्मीहरुका लागि मार्गदर्शन २०८० मा आधारित रहेर प्रस्तुति दिएका थिए । उनले समाचार प्रकाशन वा प्रसारण गर्दा उक्त समाचार शीर्षक र सामग्रीले समाजमा पार्ने असरबारे सचेत रहेर सञ्चारकर्मीले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा मनोचिकित्सक डा। प्रज्ज्वल श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसी, पत्रकारहरु ईश्वरकुमार जोशी, सूर्यप्रकाश कँडेल, रमेशकुमार पौडेल, सूर्यप्रसाद अधिकारी, शान्ता अधिकारीलगायतले आत्महत्याका समाचारबारे आआफ्ना धारणा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20