२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

आत्महत्या रोकथामबारे सतर्कता

प्रकाशित मिति : २०८१ भाद्र २६ गते

सेप्टेम्बर १० अर्थात् ‘आत्महत्या रोकथाम दिवस’ नेपालमा पनि विभिन्न सचेतनामूलक नारासहित मनाइएको छ । नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा आत्महत्या एउटा चुनौतीको विषय बन्न पुगेको छ । एक जनाले आत्महत्या गर्दा त्यसको प्रभाव १३५ जनालाई पर्ने गरेको मानसिक रोग विशेषज्ञहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिको आत्महत्या हुँदा २५ व्यक्तिले आत्महत्या प्रयास गर्ने र धेरै व्यक्तिले आत्महत्यालाई गम्भीररुपमा सोचिरहेको हुन सक्ने जनाएको छ । मानिसको मृत्युको एउटा कारण आत्महत्या पनि रहेकाले यसको रोकथाम गर्नु हरेक समुदाय र सम्बद्ध निकायको दायित्व हुन आउँछ । आत्महत्याको प्रयास पुरुषको तुलनामा महिलाले बढी गर्ने गरेको पाइन्छ । कुल मातृमृत्युदरमध्ये १६ प्रतिशत आत्महत्याका कारणले हुने गरेको छ । नेपालमा हरेक वर्ष छ हजार बढीले आत्महत्याबाट ज्यान गुमाएका छन् । जसमध्ये पहिलो झुन्डिएर र दोस्रोमा विष सेवनबाट आत्महत्या गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन् । जसमा सरदर ४० सेकेन्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । विश्वमा गैरकानुनी अपराधबाट मृत्यु हुनेभन्दा बढी आत्महत्या गर्नेको संख्या बढी रहेको देखिएको छ । मानसिक तनाव, बेरोजगारी, गरिबी, कलह, पारिवारिक बेमेल, दीर्घरोग, लागूपदार्थको दुव्र्यसन, निरन्तरको असफलता, प्रेममा असफलता, शिक्षामा असफलता, विवाहोत्तर सम्बन्ध, एक्लो महसुस गर्ने मानिसहरु आत्महत्याको उच्च जोखिममा रहने गरेका छन् । आत्महत्याका सबै घटनाहरु प्रहरीसम्म नपुग्ने कारण यसको वास्तविक तथ्याङ्क सार्वजनिक भएभन्दा अझै बढी हुने अनुमान गरिएको छ । नेपालमा आत्महत्या एउटा गम्भीर सामाजिक समस्या बनिसकेको छ । आत्महत्या मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएकाले ९५ प्रतिशत आत्महत्याको कारण मनोरोगलाई ठानिएको छ । मनोचिकित्सकका अनुसार डिप्रेसन, आत्मसम्मानमा कमी, पर्सनालिटी डिसअर्डर, बेरोजगारी, आर्थिक अभाव, स्वास्थ्य उपचारको समस्या, परीक्षामा असफलताजस्ता कारणले मानिसहरु आत्महत्या रोज्न पुग्छन् ।

- ADVERTISEMENT -

Advertisement

मानिसले आत्महत्या गर्नुपर्ने बाध्यताका पछाडि कुनै न कुनै कारण जरूर हुन्छन् । नेपालमा अझै पनि ४३ प्रतिशत मानिस बेरोजगारी र २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि रहेको छ । आत्महत्याको अधिकांश घटना राज्यको सामाजिक सुरक्षा नीतिसँग जोडिएको हुन्छ । शिक्षा, स्वास्थ्य, गाँसबासमा पहुँच नपुग्नु र बेरोजगारको समस्याले विकल्पहरु नदेख्ने कारण आत्महत्याको दर बढ्ने गरेको छ । लकडाउनमा आत्महत्या गर्नुका पछाडि गाँसबासको समस्या र भविष्यप्रतिको चिन्ता नै प्रमुख कारण हो । सामान्यरुपमा कसैले दिएको मानसिक यातना वा पीडा, घरेलु हिंसा, दाइजो, बहुविवाहजस्ता पारिवारिक, सामाजिक समस्या नै आत्महत्याको कारण मानिएका छन् । पछिल्लो
समय सामाजिक सञ्जालको बढ्दो प्रयोग, जीवनशैली, रहनसहन र वैदेशिक रोजगारका कारण हुने समस्याका कारण आत्महत्या बढिरहेका छन् । विभिन्न घटनाक्रमले मानिस डिप्रेसनको सिकार हुन सक्छन् । यो समस्या जोसुकैलाई पनि हुनसक्छ । कुनै पनि समस्या लुकाएर समाधान हुँदैन । समयमै उचित परामर्श गरी उपचार र सतर्कता अपनाउन सकिए आत्महत्या रोकथाम गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37