२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

बन्दी राजभण्डारीको पहलमा कारागारलाई खानेपानी ट्याङ्की सहयोग

प्रकाशित मिति : २०८१ भाद्र २६ गते

चितवन / जिल्ला कारागार भरतपुरलाई १ हजार लिटरको खानेपानी फिल्टर ट्याङ्की सहयोग उपलब्ध भएको छ । शुद्ध खानेपानीको अभाव भएपछि कारागारमै बन्दी जीवन बिताई रहेका कृतन राजभण्डारीको पहलमा सो सहयोग उपलब्ध भएको हो ।

सत्य बचन परम ईश्वरी मार्गदर्शन संस्था चितवनका संरक्षक कृष्ण आले, राधिका आलेकै अगुवाईमै फिल्टर ट्याङ्की वितरण गरिएको सहजीकरणकर्ता तथा समाजसेवी चन्द्र जिम्बा तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

बन्दी राजभण्डारीले कारागारमुक्त हुनु अगाडि शुद्ध खानेपानीको व्यवस्थापन गर्ने इच्छा व्यक्त गरेपछि उनकै आग्रहमा पहल गरेको समाजसेवी तामाङले बताए । सोही अनुसार ईश्वरी मार्गदर्शन संस्थाका संरक्षक कृष्ण आलेलाई सहयोगको लागि अपिल गरिएको उनले भने ।

सत्य बचन परम ईश्वरी मार्गदर्शन संस्थाका केन्द्रीय अध्यक्ष निरन्जन पाण्डे र जिल्ला कारागार प्रमुख कमलप्रसाद आचार्यले संयुक्त रुपमा रिबन काटेर फिल्टर ट्याङ्कीको उद्घाटन गरेका थिए । अध्यक्ष पाण्डेले कारागारको अवलोकन पछि आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवास श्रेष्ठ, सुन्दर थापामगर, सुशील थापामगर, दिवाकर थापामगर, दिपु खड्गी, गौरव उपाध्याय, विदुर थापामगरलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20