March 15, 2025
- ADVERTISEMENT -

बन्दी राजभण्डारीको पहलमा कारागारलाई खानेपानी ट्याङ्की सहयोग

September 11, 2024

चितवन / जिल्ला कारागार भरतपुरलाई १ हजार लिटरको खानेपानी फिल्टर ट्याङ्की सहयोग उपलब्ध भएको छ । शुद्ध खानेपानीको अभाव भएपछि कारागारमै बन्दी जीवन बिताई रहेका कृतन राजभण्डारीको पहलमा सो सहयोग उपलब्ध भएको हो ।

सत्य बचन परम ईश्वरी मार्गदर्शन संस्था चितवनका संरक्षक कृष्ण आले, राधिका आलेकै अगुवाईमै फिल्टर ट्याङ्की वितरण गरिएको सहजीकरणकर्ता तथा समाजसेवी चन्द्र जिम्बा तामाङले जानकारी दिए ।

बन्दी राजभण्डारीले कारागारमुक्त हुनु अगाडि शुद्ध खानेपानीको व्यवस्थापन गर्ने इच्छा व्यक्त गरेपछि उनकै आग्रहमा पहल गरेको समाजसेवी तामाङले बताए । सोही अनुसार ईश्वरी मार्गदर्शन संस्थाका संरक्षक कृष्ण आलेलाई सहयोगको लागि अपिल गरिएको उनले भने ।

सत्य बचन परम ईश्वरी मार्गदर्शन संस्थाका केन्द्रीय अध्यक्ष निरन्जन पाण्डे र जिल्ला कारागार प्रमुख कमलप्रसाद आचार्यले संयुक्त रुपमा रिबन काटेर फिल्टर ट्याङ्कीको उद्घाटन गरेका थिए । अध्यक्ष पाण्डेले कारागारको अवलोकन पछि आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवास श्रेष्ठ, सुन्दर थापामगर, सुशील थापामगर, दिवाकर थापामगर, दिपु खड्गी, गौरव उपाध्याय, विदुर थापामगरलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -