काठमाडौं / सरकारले धरहरालाई आगामी असोज ३ गतेदेखि संचालनमा ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि अस्थायी रूपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।
- ADVERTISEMENT -

संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा संचालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।
२०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।










































