March 15, 2025
- ADVERTISEMENT -

अबैध सुनसहित एक भारतीय नागरिक पक्राउ

October 2, 2024

मकवानपुर / पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट मंगलबार अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देश भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

उनलाई विशेष सूचनाको आधारमा ४९० ग्राम ८८० मिलिग्राम सुनसहित पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई रोकी चेकजाँच गरिएको थियो ।

सो क्रममा माइक्रोमा सवार सर्राफको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान बरामद भएपछि निजालाई पक्राउ गरिएको हो ।

सरार्फको साथबाट बरामद भएको उक्त परिणामको सुनको आजको बजार मूल्य ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

- ADVERTISEMENT -