२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

ट्रकको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

प्रकाशित मिति : २०८१ आश्विन २९ गते
Sketch

काठमाडौं / ट्रकले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १५ सुक्रौलीस्थित हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको ना.५ख २२५५ नम्बरको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक प्रहरी हवल्दार ३९ वर्षीय चुडामणि भट्टराईको मृत्यु भएको हो ।

नवलपरासीकै सुनवल १३ घ्युडल्ला घर भएका भट्टराई इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए । दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले केहीसमय रामग्राम नगरपालिका १५ सुक्रौलीमा हुलाकी सडक खण्ड अवरुद्ध गरेका थिए ।

दुर्घटनापछि ट्रक चालकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए । प्रहरी हवल्दार भट्टराईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51