March 15, 2025
- ADVERTISEMENT -

धरानमा वडाअध्यक्ष फागु बने कार्यवाहक मेयर

October 15, 2024

धरान / धरान उपमहानगरपालिकामा आज (मंगलबार) देखि कार्यवाहक मेयरको जिम्मेवारी वडा नं. ११ का वडाअध्यक्षले पाएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्ष लोकेन्द्रकुमारलाई फागुलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

साम्पाङले उपप्रमुख हुँदाहुँदै उनलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

आगामी अक्टोबर १७ तारिक (बिहीबार) बेलायत जान लागेको मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई भनेका छन् ।

आगामी नोभेम्बर २ तारिखमा स्वदेश फर्कने कार्यतालिका बनाएका मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागुलाई जिम्मेवारी दिएका हुन् ।

- ADVERTISEMENT -