२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

अङ्कुरमको टोली अन्तर्राष्ट्रिय उद्यमी मेलाका लागि फ्रान्स प्रस्थान

प्रकाशित मिति : २०८१ कार्तिक २ गते

चितवन / भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प) मा भाग लिने पाँच सदस्यीय समूहलाई बिदाइ गरेको छ ।

चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार बिहान काठमाडौँ प्रस्थान गरेको हो । फ्रान्सको पेरिसमा हुने उक्त कार्यक्रमका लागि शुक्रबार राति नौ बजे नै दुबईहुँदै फ्रान्सको पेरिस प्रस्थान गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलको नेतृत्वमा रहेको उक्त टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरूले भाग लिँदैछन् । कार्यक्रममा उद्यमीहरू, विद्यार्थीहरू र विभिन्न पेशामा आवद्ध व्यक्तिहरू विश्वभरबाट आवेलन एवं सिकाइकाका लागि सहभागी हुनेछन् ।

उद्यमीहरूका साथै इच्छुक उद्यमीहरूको रुचिअनुसार उद्यममा उनीहरूको भविष्य निर्माणका लागि सहजता सिर्जना गर्न आवश्यक सीपहरू विकास गर्नको लागि जीवनभरको अनुभव प्रदान गर्न डिजाइन गरिएको चार दिवसीय गहन शैक्षिक÷नेतृत्व सत्रको श्रृंखला हो ।

११औँ संस्करणको ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प कात्तिक ५ गतेदेखि ८ गतेसम्म फ्रान्सको राजधानी पेरिसस्थित सोरवन युनिभर्सिटीमा आयोजना हुँदैछ ।

यो उद्यमी मेलामा विश्वभरका आकांक्षी उद्यमीहरू र भविष्यमा उद्यम अपनाउने सोच भएका युवाहरूले आफ्नो व्यापारिक नवीन विचारहरू विकास गर्न र मूल्यवान सीप सिक्न तथा सफल व्यवसायका लागि ‘आइडिया मास्टर’हरूका विचार ग्रहण गर्नका लागि यसको प्रारूप तयार पारिएको हो ।

ग्लोबल अन्टरप्रेन्योरशिप बुटक्याम्प इन्कर्पोरेशनको मुख्यालय संयुक्त राज्य अमेरिकाको डेलावेयरमा रहेको छ भने यसले यसअघि नै एशिया, मध्यपूर्व र अमेरिकामा उद्यमशील इकोसिस्टमको निर्माण र अन्वेषण गर्ने दसवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

‘सुरु गरौ, आफ्नो उद्यमको मापन आफै गरौँ’ भन्ने नारा दिइएको यस महामेलामा विश्वभरबाट युवाहरुको सहभागिता रहने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

बुटक्याम्पमा भाग लिन विद्यालयमा विद्यार्थीबाट प्राप्त आवेदनमध्ये चार जनाको मात्र आवेदन स्वीकृत भई भिजा लागेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49