March 15, 2025
- ADVERTISEMENT -

पक्राउ परेका रास्वपाका लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो

October 19, 2024
File photo.

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार राति पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे कास्की प्रहरी कार्यालय ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल लगायत नेता कार्यकर्ताले उनको पक्षमा नाराबाजी पनि गरेका थिए ।

उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन सिआइबीलाई पत्राचार गरेको थियो । शुक्रबार बेलुका नै पक्राउ परेका लामिछानेलाई उनकै आग्रहमा प्रहरीले स्थलमार्गबाट पोखरा लगेको हो ।

लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ । सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

- ADVERTISEMENT -