काठमाडौं / स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनको तालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको हो ।
- ADVERTISEMENT -

त्यसअघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय तोकिएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
त्यसपश्चात दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुने र दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ ।
- ADVERTISEMENT -

देशभरका कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।










































