२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

‘एनपीएल’को आज उद्घाटन : जनकपुर र विराटनगर भिड्दै

प्रकाशित मिति : २०८१ मंसिर १५ गते

काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको अघिल्लो दिन ९शुक्रबार० आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

“मैदानभित्र प्रतिस्पर्धा भइ नै हाल्छ । मैदानबाहिर हामी मिल्ने साथी हौँ । मैदानमा उत्रिएपछि सबैको लक्ष्य जित नै हुन्छ । हामी पनि त्यसैका लागि खेल्ने छौँ”, विराटनगरका कप्तान सन्दीपले भने ।

यता, उद्घाटन खेलमा कस्तो रणनीति हुनेछ रु भन्ने प्रश्नमा जनकपुरका कप्तान अनिलले भने मैदानभित्र प्रदर्शन देखाउने बताए । “अहिले भन्नलाई केही पनि छैन । खेलमा सबै देख्नुहुन्छ नै”, अनिलले भने ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् । सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68