Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टी–२० विश्वकप : नेपाल वेस्ट इन्डिजको सामना गर्दै

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते
File photo.

काठमाडौं / आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरण अन्तर्गत आज (आइतबार) नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दैछ । खेल मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेलमा पराजय बेहोरेको नेपाललाई अघिल्लो चरणको झिनो आशा कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । अर्कोतर्फ, लगातार दुई जित निकालेको वेस्ट इन्डिज आज नेपाललाई हराउँदै ‘सुपर ८’ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ । नेपालका लागि आजको हारले प्रतियोगिताको यात्रामा पूर्णविराम लगाउने निश्चित छ ।

- ADVERTISEMENT -

Advertisement

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीलाई सचेत गराउँदै भनेका छन्, ‘हामीसँग अब दुई विकल्प मात्र छन्( कि त उत्कृष्ट खेल खेलेर जित निकाल्ने, कि झोला प्याक गरेर घर फर्किने ।’ प्रशिक्षक लले खेलाडीहरूलाई मैदानबाहिरका विषय र सामाजिक सञ्जालको चर्चाभन्दा खेलको रणनीतमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

इतिहास र सम्भावित समीकरण
तथ्याङ्कको आधारमा नेपाल वेस्ट इन्डिजमाथि केही हाबी देखिन्छ । यी दुई टोलीबीच भएका पछिल्ला तीन टी(२०आई खेलमा नेपालले दुई खेल जितेको सुखद इतिहास छ । तर, हालको वेस्ट इन्डिज टोली निकै सन्तुलित र आक्रामक रहेकाले नेपाललाई सो जित दोहोर्‍याउन कठिन चुनौती हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

वेस्ट इन्डिजका घातक ब्याटरहरूलाई रोक्न नेपालले आजको टोलीमा केही रणनीतिक परिवर्तन गर्ने सम्भावना छ । मिस्ट्री स्पिनर शेर मल्ल र अनुभवी पेस बलर सोमपाल कामीलाई अन्तिम ११ मा समावेश गरिने आकलन गरिएको छ । साथै, ब्याटिङतर्फ कुशल भुर्तेलको फर्म र सन्दीप लामिछानेको जादुयी बलिङ नेपालका लागि ‘एक्स फ्याक्टर’ बन्न सक्छन् ।

वेस्ट इन्डिजका तर्फबाट कप्तान शाइ होप र स्पिनर अकिल होसेन नेपाली टोलीका लागि मुख्य चुनौतीका रूपमा रहनेछन् । मुम्बईको ब्याटिङमैत्री पिचमा टसको भूमिका पनि महत्त्वपूर्ण हुने देखिन्छ ।

नेपालको सम्भावित ११स्
कुशल भुर्तेल, लोकेश बम (विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्लरललित राजवंशी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51