२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

टी–२० विश्वकप दोश्रो खेल : इटलीको सामना गर्दै नेपाल

प्रकाशित मिति : २०८२ माघ २९ गते
file photo

काठमाडौं / आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज (बिहीबार) नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेका दुवै टोली मैदान उत्रिँदा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । यसअघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डसँग र इटली अर्को एसोसियट राष्ट्र स्कटल्यान्डसँग पराजित भएका थिए । अघिल्लो खेलको नतिजालाई बिर्सिएर दुवै टोली आजको खेलमार्फत अंक तालिकामा खाता खोल्ने दाउमा छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल र इटली झण्डै १३ वर्षपछि क्रिकेटको मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । तर, त्यो ५० ओभरको खेल थियो । टी-२० अन्तर्राष्ट्रियको इतिहासमा भने नेपाल र इटली पहिलोपटक भिड्न लागेका हुन् । १३ वर्षपछि भेट हुँदा फर्म्याट र टोलीको संरचना बदलिए पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटका लागि आजको खेल केवल अंक बटुल्ने माध्यम मात्र होइन, बरु विश्वकपमा दशकौँ लामो जितको खडेरी तोड्ने अवसर पनि हो । सन् २०१४ को टी-२० विश्वकपमा बंगलादेशको मैदानमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपको मञ्चमा कुनै पनि खेल जित्न सकेको छैन । यदि आज इटलीलाई पराजित गर्न सकेमा नेपालले १२ वर्षपछिको त्यो प्रतीक्षालाई पूर्णविराम लगाउनेछ ।

- ADVERTISEMENT -

Advertisement

समूह ‘सी’ को समीकरण
नेपाल रहेको समूह ‘सी’ मा हाल आयोजक वेस्ट इन्डिज दुई खेलमा स्पष्ट दुई जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा सुरक्षित छ । बलिया राष्ट्रहरू इंग्ल्यान्ड र स्कटल्यान्डले समान २ खेलबाट २-२ अंक जोडेका छन् । यस्तो अवस्थामा नेपाललाई अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61