Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टी–२० विश्वकप दोश्रो खेल : इटलीको सामना गर्दै नेपाल

प्रकाशित मिति : २०८२ माघ २९ गते
file photo

काठमाडौं / आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज (बिहीबार) नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेका दुवै टोली मैदान उत्रिँदा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । यसअघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डसँग र इटली अर्को एसोसियट राष्ट्र स्कटल्यान्डसँग पराजित भएका थिए । अघिल्लो खेलको नतिजालाई बिर्सिएर दुवै टोली आजको खेलमार्फत अंक तालिकामा खाता खोल्ने दाउमा छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल र इटली झण्डै १३ वर्षपछि क्रिकेटको मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । तर, त्यो ५० ओभरको खेल थियो । टी-२० अन्तर्राष्ट्रियको इतिहासमा भने नेपाल र इटली पहिलोपटक भिड्न लागेका हुन् । १३ वर्षपछि भेट हुँदा फर्म्याट र टोलीको संरचना बदलिए पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटका लागि आजको खेल केवल अंक बटुल्ने माध्यम मात्र होइन, बरु विश्वकपमा दशकौँ लामो जितको खडेरी तोड्ने अवसर पनि हो । सन् २०१४ को टी-२० विश्वकपमा बंगलादेशको मैदानमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपको मञ्चमा कुनै पनि खेल जित्न सकेको छैन । यदि आज इटलीलाई पराजित गर्न सकेमा नेपालले १२ वर्षपछिको त्यो प्रतीक्षालाई पूर्णविराम लगाउनेछ ।

- ADVERTISEMENT -

Advertisement

समूह ‘सी’ को समीकरण
नेपाल रहेको समूह ‘सी’ मा हाल आयोजक वेस्ट इन्डिज दुई खेलमा स्पष्ट दुई जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा सुरक्षित छ । बलिया राष्ट्रहरू इंग्ल्यान्ड र स्कटल्यान्डले समान २ खेलबाट २-२ अंक जोडेका छन् । यस्तो अवस्थामा नेपाललाई अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80