चितवन / नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा प्रिज्मा आलेमगर निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न १९औं जिल्ला अधिवेशनले प्रिज्माको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित उपाध्यक्षमा एलएफ पेमीमगर, सचिवमा पर्वत रानामगर, कोषाध्यक्षमा काश्मा रानामगर र सहसचिवमा उपदेश ठाडामगर चयन भएका छन् ।
यस्तै, मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चित्र पुलामीमगरको उपस्थितिमा गरिएको अधिवेशनले आगामी एक वर्षको लागि २१ जना कार्यसमिति र पाँच जना वैकल्पिक सदस्य गरी २६ जनाको नयाँ कार्यसमिति चयन गरिएको हो ।
मिलन थापामगरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा भने विभिन्न व्यक्ति, कलाकार तथा संस्थाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।