जनकपुरधाम / जनकपुरधाममा आज (शुक्रबार) सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइने गर्दछ ।
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो । त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ ।
त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिन्छ ।
यसैबीच, विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।