चितवन / चितवन अटिजम सोसाइटीले सञ्चारकर्मीसँग शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समावेशी निकास, समावेशी शिक्षा परियोजनाले भरतपुरमा सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा बोल्दै ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना सुपरभाइजर रमेश बरालले भरतपुर जस्तो ठाउँमा पनि अपांगता भएका बालबालिकालाई समावेशी शिक्षाको अभाव भएको बताए ।
कार्यक्रममा अपाङ्गता भएका बालबालिकालाई आधारभूत शिक्षामा पहुंँच पुर्याउनु पर्ने जोड दिइएको थियो । उनीहरुको पनि उत्तिकै हक अधिकार रहेको बताउँदै जिन्दगी सहज बनाउन आधारभुत शिक्षा हुनुपर्नेमा जोड दिइएको हो ।
- ADVERTISEMENT -

अपाङ्गता भएका बालबालिका साङ्लोमा बाँधिएर बस्नु परेको, परिचयपत्र पाउनबाट बञ्चित हुनुपरेको र विद्यालयको पहुँच बाहिर रहेकोे उनको भनाइ थियो । ‘‘अपाङ्गताको परिचयपत्र लिन भरतपुरमै ५ वर्षको उमेरसम्म कुनुपर्छ , डाक्टरले अपाङ्गता भनेर सिफारिस दिदा पनि पाइरहेको अवस्था छैन । यसले उनीहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ ।’ उनले भने ।
परियोजनाले चितवनको भरतपुर र कालिका नगरपालिकामा रहेर कक्षा ८ सम्मको शिक्षाको लागि काम गरिरहेको जानकारी दिँदै उनले अपाङ्गताका सवाल एउटा व्यक्तिको मात्र नभएर परिवार, समाज र राज्यकै दायित्व भित्र पर्ने बताए ।
नेपालको संविधानको धारा ३१ ले आधारभूत शिक्षा निशुल्क अनिवार्य गरेतापनि अपाङ्गता भएका बालबालिका त्यसबाटत बञ्चित भइरहेको उनले बताए । उनीहरुलाई आधारभुत शिक्षामा पहुंँच पुर्याउन अभिभावक तथा स्थानीय सरकारनै सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
परियोजनाले भरतपुर र कालिका नगरपालिकामा रहेर समावेशी शिक्षा परियोजना ४६ हजार भन्दा बढी अपाङ्गता भएका बालबालिकाको लागि काम गरेको परियोजना संयोजक शुशिल मगरले जानकारी दिए । उनका अनुसार हालसम्म विद्यालय र बाहिरको सिकाइ प्रभावकारी बनाउन सात सय ८५ जना शिक्षक र दुई हजार हजार भन्दा बढी अभिभावकसँग प्रत्यक्ष जोडिएर काम गरिरहेको छ ।
परियोजनाले दुईवटा नगरपालिकाका एक सय ४५ विद्यालय र ७ वटा स्रोत विद्यालय र तीन वटा विशेष विद्यालयमा काम गरिरहेको परियोजना प्रमुख मगरले बताए । परियोजनाले विद्यालयमा शिक्षकको क्षमता अभिवृद्धि तालिम, शैक्षिक साम्रगी वितरण, घरमा आधारभूत शिक्षा प्रदान लगायतको काम गर्दै आएको छ । परियोजनाले नौ जना घुम्ती शिक्षकको समेत व्यवस्था गरेको उनले जानकारी दिए ।







































