काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई अवैध रूपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातुसहित शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्ण प्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरी ईटहरी उपमहानगरपालिका–१९ घर भएका २७ वर्षीय शिव संकर चौधरी रहेका हुन् ।
- ADVERTISEMENT -

हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले कृष्ण प्रसादको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्रि १ थान, मोहम्मदको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्रि १ थान र शिव संकरको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्रि १ थान बरामद गरेको छ ।
- ADVERTISEMENT -












































