२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

चितवन महोत्सवको खुला गजल प्रतियोगितामा काफ्ले प्रथम

प्रकाशित मिति : २०८१ माघ ५ गते

चितवन / नारायणी नदी किनारमा जारी चितवन महोत्सवमा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम बनेका छन् । विजयी काफ्ले संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो ।

उक्त प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् ।

- ADVERTISEMENT -

Advertisement

२०५३ सालदेखि २ वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा पहिलोपटक गजल प्रतियोगिता गरिएको हो । प्रतियोगितामा कूल ३८ जना गजलकारका गजलहरु प्राप्त भएको कार्यक्रम संयोजक लेखराम सापकोटाले जानकारी दिए । प्राप्त भएका गजलबाट १० उत्कृष्ट गजल छनोट गरी वाचनमा सहभागी बनाइएको थियो ।

प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजारसहित प्रमाणपत्र दिइएको थियो ।

उत्कृष्ट सूचीमा परेका मकवानपुरकी गौरी कँडेल, पाल्पाकी पूजा जिज्ञासु, नुवाकोटका प्रदीप कोइराला, चितवनका रामलाल कुमाल एवम् नवलपरासीका भानुभक्त सापकोटा र सरोज उजाडलाई २÷२ हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । पुरस्कृत स्रस्टालाई कार्यक्रमका सभापति विष्णु लम्साल र प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा गोविन्दराज विनोदी, केशवराज आमोदी र सरला जोशी रहेका थिए भने रमेश प्रभातले प्रतियोगिताको नतिजा सार्वजनिक गरेका थिए । कार्यक्रममा एसआर दुवाडी, गजेन्द्र अवस्थी, सुरेन्द्र अस्तफल, राजु क्षेत्री, मसान उपासक, किसान प्रेमी र सरला जोशीले अप्रतियोगी गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा चितवन महोत्सव स्मारिकाका प्रधान सम्पादक हेरम्बकुमार श्रेष्ठ असीमले स्वागत मन्तव्य राखेका थिए ।

नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20