चितवन / नारायणी नदी किनारमा सेपाक ताक्रो खेल प्रतियोगिता सम्पन्न भएको छ । चितवन महोत्सव मूल समितिले सेपाक ताक्रो संघ चितवनसँगको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो ।
महिला र पुरुष दुबैको प्रतियोगिता गरिएको थियो । पुरुषतर्फ बालप्रेमी काठमाडौं पहिलो, सेपाक ताक्रो संघ नवलपुर दोश्रो र रामनगर मावि चितवन तेश्रो बनेको महोत्सव खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।
- ADVERTISEMENT -


महिलातर्फ सेपाक ताक्रो संघ चितवन पहिलो, रामनगर मावि चितवन दोश्रो र सेपाक ताक्रो संघ नवलपुर तेश्रो हुन सफल भए । प्रथम, द्दित्तय र तृतिय हुन सफल सबै टिमले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
पुरुषतर्फ १० र महिलातर्फ ६ टिम सहभागी रहेका थिए । ब्याड मिन्टनको जस्तै खेल मैदानमा खेलिने सेपाक ताक्रोमा हातबाहेक खुट्टा, टाउको र शरिरले बललाई हानेर खेलिन्छ । १२ वर्ष अघि सिङ्गापुरबाट फर्किएका भूपू सैनिकहरुले उक्त खेल नेपालमा भित्र्याएको सेपाक ताक्रो संघ चितवनका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए ।
- ADVERTISEMENT -











































