२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

९ वर्षीया बालिकाको पेटमा एक किलो कपालको डल्ला

प्रकाशित मिति : २०८१ माघ ११ गते

नयाँ दिल्ली / भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले एक ९ वर्षीया बालिकाको पेटबाट कपालको ठुलो डल्ला निकालेका छन् ।

करिब दुई घण्टाको अपरेसनपछि बाहिर निस्किएको कपालको डल्लोको एक केजीको भएको बताइएको छ । मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल (एसकेएमसीएच) मा भएको यो शल्यक्रिया चर्चाको विषय बनेको छ । बालिकाको पेटमा त्यतिधेरै कपाल कसरी पुग्यो ?

- ADVERTISEMENT -

Advertisement

जनवरी १८ मा एक दम्पतीले आफ्नी ९ वर्षीया छोरीलाई पेट दुखेको भन्दै मुजफ्फरपुर मेडिकल कलेजमा ल्याए । ती बालिकाको तीन वर्षको उमेरदेखि नै कपाल टिपेर खाने बानी रहेछ । सानैदेखि टाउकोको कपाल उखेलेर खान्थिन् ।

नुहाउन भन्दा पनि नमानेपछि मातापिताले टाउको खौरिदिए । तर बिस्तारै कपाल बढ्दै गएपछि फेरि खाइहाल्ने उनको बानी थियो । १५ दिनअघिदेखि बालिकाको पेट दुख्न थाल्यो । पेट दुखेको भन्दै बालिकाले खान र पिउन छोडिन् । करकापले केही खुवायो भने वान्ता गर्थिन् । निजी अस्पतालमा देखाउने क्रममा पेटमा कपाल भएको थाहा भयो । डाक्टरको सल्लाहमा परिवारले बालिकालाई सरकारी अस्पताल लगे ।

बालिकाको पेटभित्रको गाँठो बाहिरबाट छामेरै महसुस गर्न सकिन्थ्यो । अपरेसनपछि पेटबाट निस्किएको कपालको डल्लो झन्डै एक केजीको थियो । बालिका ट्राइकोटिलोमेनिया नामक मानसिक रोगी भएको र उनलाई ट्राइकोबेजोर नामक रोग लागेको डाक्टरले बताएको छ ।

यो रोगमा व्यक्तिले आफ्नो आँखी भौँ, टाउको र छालमा भएको कपाल वा रौँ उखेलेर फ्याँक्छन् । केहीले भने यसरी उखेलेको रौँरकपाल खान्छन् पनि । यो कपाल पच्दैन । लगातार कपाल खाँदा खाँदा एक अर्कामा टाँसिएर पेटमा कपालको डल्लो बनेको थियो । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37