२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

विदेश जानेको बढ्दो, रेमिटेन्स घट्दो

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते

काठमाडौं / विदेश जानेको संख्या बढिरहेको भए पनि रेमिटेन्स भित्रिने दर लगातार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार यस वर्षको पहिलो ६ महिनामा रेमिटेन्स सात खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.१ प्रतिशत मात्रै धेरै हो ।

गत वर्षको यही अवधिमा रेमिटेन्सको वृद्धिदर २२.२ प्रतिशत थियो । अमेरिकी डलरमा रेमिटेन्सको वृद्धिदर झन् थोरै छ । पुससम्म रेमिटेन्स (अमेरिकी डलरमा) १.१ प्रतिशतले मात्रै बढेर पाँच अर्ब ८५ करोड डलरमा सीमित छ । यो गत वर्षको यही अवधिमा १९।५ प्रतिशतको वृद्धिदर थियो । विदेशी मुद्रासँगको सटही दरमा परिवर्तन आइरहने भएकाले अमेरिकी डलरमा भित्रिएको रेमिटेन्स तुलनाका लागि बढी यथार्थपरक हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने नेपालको संख्या बढिरहँदा रेमिटेन्सको वृद्धिदर घट्नुले नेपाल भित्रिनुपर्ने रेमिटेन्स हुन्डीमा प्रयोग भएको वा पुँजी पलायनमा प्रयोग भएको हुन सक्ने आशंका बढाएको छ । यो वर्ष नयाँ र पुनः श्रम स्वीकृति गरी पुससम्म तीन लाख ९३ हजार जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । गत वर्ष वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने (पुनः सहित) तीन लाख ४० हजार ३३० मात्रै थिए ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले रेमिटेन्सको आकार ठूलो भइसकेकाले वृद्धिदर सधैँ उच्च हुन कठिन हुने बताए । उनले भने, ‘आधार नै ठूलो भइसकेकाले वृद्धिदर घटेको हुन सक्छ, तर यसमा निचोड निकाल्न थप अध्ययन चाहिन्छ ।’

पछिल्ला तीन आर्थिक वर्षमा मात्र करिब २५ लाख नेपाली काम र अध्ययनका लागि वैदेशिक रोजगारीमा गएका छन् । कोभिड–१९ का तीन वर्ष न्यून हुन पुगेको रेमिटेन्सको वृद्धिदर आव २०७९–८० मा २३.१७ र आव २०८०–८१ मा १६।४९ प्रतिशतले बढेको थियो । तर यस आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर घट्ने देखिएको छ । गत आर्थिक वर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

यस वर्षको पुससम्म देशको चालू खाता भनिने देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ४८ अर्ब रुपैयाँले बचतमा छ । अर्थात् देशमा बाहिरिनेभन्दा भित्रिने रकम ज्यादा छ । यद्यपि गत वर्षको तुलनामा यो केही घटेको छ । एक वर्षअघि देशको चालू खाता एक खर्ब ६२ अर्ब रुपैयाँ बचतमा थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20