२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

नदी किनारमा महानगरको सरसफाइ अभियान, दश ट्याक्टर फोहोर संकलन [with video]

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते
Photo : Bina Tamang / newsprabah.

– बबिलाल तामाङ

चितवन भरतपुर महानगरपालिकाको आयोजनामा नारायणी नदी किनारमा विशेष सरसफाइ कार्यक्रम गरिएको छ । श्री राष्ट्रिय आधारभूत विद्यालयदेखि नारायणी नदीको पुलसम्म शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिकाका उपमेयर तथा प्रमुख अतिथि चित्रसेन अधिकारीले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन पश्चात् बोल्दै प्रमुख अतिथि अधिकारीले नारायणी नदी किनारको सरसफाइमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा वडाध्यक्ष महर्जनले पछिल्लो समय पर्यटकीय दृष्टिकोणले नारायणी नदी किनार यस ठाउँको गौरव र शान भएकोले सरसफाइमा जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । सभ्य समाजको लागि सार्वजनिक स्थलको सरसफाइ सबैको दायित्व रहेको बताउँदै निरन्तर सरसफाइमा ध्यान दिन उनको आग्रह थियो ।

उनले महिनामा एक पटक नारायणी नदी किनारमा बृहत सरसफाइ गर्ने योजनामा रहेको बताए । उनका अनुसार हाल नदी किनारमा दैनिक दुई जना स्वीपर परिचालित छन् । जुन सरसफाइका लागि अपर्याप्त नै छ । नदी किनारबाट दश ट्याक्टर फोहोर संकलन भएको उनले भने ।

नदी किनारको सरसफाइ कार्यक्रमलाई अभियानकै रुपमा लैजाने भरतपुर महानगरका उपनिर्देशक विसुराम कुँवरले बताए । भरतपुर महानगरपालिकालाई स्वच्छ र सफा राख्ने सवालमा तीव्र गतिमा लागि परेको उनको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, भरतपुर महानगर वडा नं. ४ का वडाध्यक्ष अर्पण पोखरेल, नेपाली सेना, नेपाल पुलिस, ट्राफिक प्रहरी, नगर प्रहरी, बालकुमारी कन्या माविका विद्यार्थी, नेपाल रेडक्रस सोसाइटी, विभिन्न टोल सुधार समिति, विभिन्न सामाजिक व्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो ।

यसअघि घुमौं भरतपुर २०२४ को पूर्वसन्ध्यामा नारायणी नदी किनारमा सरसफाइ भएको थियो ।

भरतपुर महानगरपालिका उपनिर्देशक विस्सुराम कुँवरसँग नारायणी नदी किनारको सरसफाइ बारे छोटो कुराकानी :

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20