२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

महानगर फलफूलमा खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

४४ जनाले गरे रगतदान, ११२ को स्वास्थ्य चेकजाँच
प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते

– विना तामाङ

चितवन । भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी थोक बजारमा जिल्लामा भइरहेको रक्त अभावलाई कम गर्न भन्दै आज (सोमबार) खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि., फलफूल तथा तरकारी थोक व्यवसायी संघ र कृषि प्रबर्धन बजार विकास प्रा.लि.को संयुक्त आयोजनामा उक्त खुल्ला रक्तदान र कलेज अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज)को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

कार्यक्रमका सभापति थिरप्रसाद धितालका अनुसार तीन वटा संस्थाद्वारा आयोजित खुल्ला रक्तदानमा ३ महिलासहित ४१ जनाले रक्तदान गरेका हुन् । निःशुल्क स्वास्थ्य शिविरमा ११२ जनाले स्वास्थ्यलाभ लिएको सभापति धितालले जानकारी दिए ।

संस्थाको सामाजिक उक्तदायित्व र मानविय सेवाभावको उद्देश्यले हरेक वर्ष तीन संस्थाले संयुक्त रुपमा खुल्ला रक्तदान र निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको उनले बताए ।

भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन पश्चात ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसाथ गर्नुपर्ने बताउँदै यस पुण्यकार्यमा सबैलाई सहभागी हुन वडाअध्यक्ष रानाभाटको आग्रह थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष जयराम पाण्डे, सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, व्यवस्थापक विकास पौडेल, कलेज अफ मेडिकल साइन्सेसका नि. निर्देशक प्राडा सुदिपराज केसी लगायतको उपस्थिति थियो ।

कार्यक्रमका अध्यक्ष जयराम पाण्डेले समापन गरेका हुन् भने नवराज अर्यालको संयोजकत्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96