२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

चितवनका तमू समुदायले मनाए ‘ट्हो त्हेँ’ पर्व

प्रकाशित मिति : २०८१ चैत्र ६ गते

चनौली / तमू प्ये ल्हु संघ चितवनले ट्हो त्हेँ पर्व मनाएको छ । गाउँघरको रक्षाको लागि मनाइने यस पर्व लोप हुने अवस्थामा पुगेपछि संरक्षणको रुपमा मङ्गलबार मनाइएको तमू प्ये ल्हु संघ चितवनले जनाएको छ ।

गुरूङ समुदायमा पुस्तौँदेखि चलिआएको रीत प्राविधिक युगको आगमनसँगै बसाइसराइका कारण हराउने अवस्थामा आइपुगेपछि पुस्तान्तरणमा समस्या नहोस् भनेर हरेक वर्ष मनाउने गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

पुरानो चलनअनुसार कात्तिक र चैत महिनाको पहिलो अथवा अन्तिम मङ्गलबार ट्हो त्हेँ पर्व मनाउने गरिन्छ । गुरूङ समुदायमा गाउँमा पसेको दुष्ट अथवा राक्षसलाई घ्याप्री तथा पच्यु (पुरोहित) ले तन्त्रमन्त्र गरेर झ्याली र ढ्याङ्ग्रो बजाएर लखेटेपछि गाउँमा शान्ति मिल्ने विश्वास गरिन्छ । सोहीअनुसार चितवन जिल्लामा पनि गुरूङ समुदायको बसोबास रहेका स्थानहरुमा पर्व मनाउने गरिएको अध्यक्ष तमूले बताए ।

तर, नयाँ पुस्तामा ट्हो त्हेँबारे कम जानकारी भएको हुँदा पुरानै पुस्ताले यसको संरक्षण गर्दै आएको छ । तमू प्ये ल्हु संघ भरतपुर–१५ को इकाइ समिति र कुखे माङी क्होइबो सूर्यनगरको व्यवस्थानमा यस वर्षको ट्हो त्हेँ मनाएको हो । ‘हामी हरेक पर्व फरक–फरक इकाइमा गएर ट्हो त्हेँ मनाउने गर्छौँ,’ उनले भने, ‘इकाइ–इकाइमा गएर पर्व मनाउँदा गुरूङ जातिले मनाउने सांस्कृतिक पर्वबारे धेरैले ज्ञान प्राप्त गर्न सकिन्छ ।’

- ADVERTISEMENT -

Advertisement

पच्यु इन्द्रबहादुर क्रोम्छेँ तमूका अनुसार पहिलेपहिले ट्हो त्हेँ पर्व पुरूङहरुको सहभागीतामा मात्रै मनाउने प्रचलन थियो । तर, अहिले पुरूष र महिला सबैको उपस्थितिमा मनाउने कार्यको विकास भएको छ । ‘उहिले पुरूषहरुको मात्रै उपस्थितिमा रातको समयमा मनाउने चलन थियो,’ उनले भने, ‘पुरुषहरु मात्रै हुने कार्यक्रममा असभ्य भाषाको प्रयोग गरेर गाउँमा लुकेको राक्षस लखेट्ने चलन थियो । तर, अहिले समयक्रमअनुसार प्रचलन फेरिँदै गएको छ ।’

पहिलेपहिले गुरूङ समुदायको बसोबास रहेका हरेक गाउँको चारतिरै माने हुन्थ्यो । गाउँ छिरेको राक्षसलाई लखेटेर त्यही मानेमा थुनिदिने विश्वास गरिन्थ्यो । तर, पछिल्लो समय गाउँबाट बजार झर्ने क्रम बढेसँगै सबै जातिको सामूहिक बसोबास रहने हुँदा माने निर्माण गर्न छाडेको उनले बताए । वर्षमा एक पटकमात्रै ट्हो त्हेँ पर्व मनाउँदा वर्षभरी गाउँमा सुख, शान्ति छाउने विश्वास गरिन्छ ।

‘मानव जगतमात्र नभई हरेक प्राणी जगतको भलोको लागि पनि यो पर्वले विशेष अर्थ राख्ने गर्दछ,’ उनले भने, ‘घरमा पालिने हरेक जीवजनावरको रक्षाको लागि पनि ट्हो त्हेँ पर्वले महŒव राख्ने विश्वास छ ।’
मङ्गलबार भरतपुर–१५ स्थित सूर्यनगर तथा कान्छी चोक आसपासका गुरूङ गाउँ परिक्रमा गरेको थियो । बिहान ढ्याङ्ग्रो र झ्याली बजाउँदै गाउँको रखबार गर्न चोकचोकमा पूजा गर्दै निकालिएको शोभा यात्रा कुखे माङी क्होइबोमा आएपछि औपचारिक कार्यक्रममा परिणत भएको थियो । दिनभरी भएको औपचारिक कार्यक्रममा तमू समुदायले मनाउने सांस्कृतिक पर्वको आवश्यकता, महŒव र संरक्षणबारे चर्चा गरिएको थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73