२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

‘प्रधानमन्त्रीले संसदमा जवाफ दिए मात्र संसद चल्नेछ’ – माओवादी केन्द्र

प्रकाशित मिति : २०८१ चैत्र १४ गते

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् ।

बिहीबार संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जबाफदेही हुनुपर्ने बताए । उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए ।

उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए । कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरूले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

उनले भने ‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो । सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जबाफदेखि बनाउने थल संसद हो । तर सरकार स्वेच्छाचारी ढंगले निरङ्कुश तरिकाले आफ्नो सुरमा कुशासन गरिराख्ने परिस्थिति छ, हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय गर्याे यसका बारेमा के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ । प्रधानमन्त्री र सरकार संसदसँग जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ । सडकभरि जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरू संसदमा उभिएर उहाँको जवाफ माग गरिरहेका छौँ । उहाँले सही तरिकाले बदनियत नराखी काम गरेको हो भने संसदमा उभिएर जवाफ दिन हिम्मत गर्नुपर्ने हो । यहीबाट देखिन्छ कि संसद फेस गर्ने उहाँसँग नैतिक धरातल छैन, उहाँहरुले गलत गरिराख्नुभएको छ । त्यसैले नैतिक हिसाबले इमानदारीपूर्वक उहाँहरुले गरेका कामकारबाही पुष्टि हुन नसकेका कारण उहाँहरू जवाफ दिन तयार हुनुहुन्न । मन्त्रिपरिषद् गरेको निर्णय भएकाले हामीले प्रधानमन्त्रीकै जवाफ खोजेका छौँ । र प्रधानमन्त्रीले जहिलेसम्म चित्त बुझ्ने तरिकाले तथ्य तथ्यांकका आधारमा जवाफ दिनु हुन्न तबसम्म हाम्रो अवरोध कायम रहन्छ ।’

सांसद सापकोटाले वर्तमान सरकार बिचौलियाहरूले बनाइ दिएको र उनीहरूकै स्वार्थ पूरा गर्न उनीहरूकै हितमा चलेको आरोप लगाए । उनले सांसदहरू बोल्दै गर्ने तर सरकारले स्वेच्छाचारी र निरङ्कुश गतिविधि गरी रहने हो भने संसद चल्नु र नचल्नुमा कुनै मूल्य नहुने जिकिर गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61