April 26, 2025

स्वदेशी जुत्ता चप्पल मेलामा २० हजारले गरे अवलोकन

April 1, 2025
- ADVERTISEMENT -

चितवन । भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ जारी छ ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

मेलामा अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ । चैत्र १४ गते (बिहिबार) देखि सुरु भएको मेलामा १८ गते (सोमबार) सम्म  बिस हजार भन्दा बढीले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । अवलोकनकर्ता  मध्ये पाँच हजारले जुत्ता चप्पल खरिद गरी सकेको आयोजकले जनाएको छ । 

जुत्ता चप्पल मेलामा ६ वटा  स्वदेशी उद्योगबाट उत्पादित ३० भन्दा बढी स्टल राखिएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले चौंथो पटक मेला आयोजना गरिएको उनको भनाइ छ ।

करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा प्रत्यक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको छ ।

मेलामा बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज, हाईलाइफ ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् । 

जुता चप्पल मेला २०८२ बैशाख १० गतेसम्म सन्चालन हुने छ ।

- ADVERTISEMENT -