April 26, 2025

भोलिदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा – महासंघ

April 6, 2025
- ADVERTISEMENT -

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भोलि (सोमबार) बाट शैक्षिक हडतालको घोषणा गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा गरेको हो ।

शैक्षिक हडतालको क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ । 

चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भनेका छन् ।

आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको महासंघले जनाएको छ । 

यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।

- ADVERTISEMENT -