२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्जको धार्मिक मेलामा ढुंगा प्रहार पछि झडप, कर्फ्यु अझै जारी

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते

काठमाडौं / पर्साको वीरगञ्जमा शनिबार अपराह्न हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपले शहर तनावग्रस्त बनाएको छ । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरू र सर्वसाधारण गरी दर्जनौँ घाइते भएका छन् ।

घटनाको सुरुआत वीरगञ्ज महानगरपालिका–२ स्थित श्रीराम हल नजिकै रहेको जामा मस्जिद अगाडि अपराह्न करिब ४ः५० बजे भएको हो । प्रहरीका अनुसार शोभायात्रा मस्जिद नजिक पुग्दा एकाएक ढुंगामुढा सुरु भयो, जसले दुवै समूहबीच भिडन्तको अवस्था सिर्जना गर्‍यो ।

- ADVERTISEMENT -

Advertisement

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको पुष्टि गरेका छन् । ‘मेरो त दाहिने हातमा चोट लागेको छ,’ एसपी मिश्रले भने, ‘अन्य केही प्रहरीलाई भने गम्भीर चोटपटक लागेको देखिन्छ ।’ वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई पनि घाइते प्रहरीहरूमा पर्छन् ।

सशस्त्र प्रहरी बल नेपालका पर्सा प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी पनि झडपका क्रममा घाइते भएका छन् । ढुंगामुढामा परी १२ जना सर्वसाधारण समेत घाइते भएको प्रहरी प्रमुख मिश्रले जानकारी दिए ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हालसम्म ४३ जनाको उपचार भइरहेको छ, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण सबै समावेश छन् । ‘शनिबारको तनावपछि घाइतेको संख्या ४३ नाघिसकेको छ,’ उनले बताए, ‘कतिपय सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्, भने केहीको उपचार अस्पतालमै भइरहेको छ ।’

डा. सिंहका अनुसार घाइतेमध्ये धेरैजनालाई टाउको र छातीमा ढुंगा वा इँटा लागेका छन् । उपचारमा कुनै कमी हुन नदिइएको उनले बताए । सूर्या अस्पताल प्रालिका प्रमुख सरोज सिंहले प्रहरी नायब उपरीक्षक सिंहसहित अन्य घाइतेको समेत उपचार भइरहेको जानकारी दिए । ‘एक जनाको खुट्टा भाँचिएको छ, उनको उपचार चलिरहेको छ,’ उनले भने, ‘अरू घाइतेहरू सामान्य उपचारपछि घर फर्किसकेका छन् ।’

घटनापछि अवस्था थप तनावग्रस्त नहोस् भनेर पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकादेखि आइतबार बिहान १२ बजे (मध्यरात) सम्मका लागि वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले नागरिकहरूलाई संयमित रहन र अफवाहमा नफस्न आग्रह गरेको छ ।

स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षालाई कडाइ गरिरहेका छन् । तनावग्रस्त क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपको कारणको अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45