काठमाडौं / डोल्पाको कान्जिरोबा क्षेत्र केन्द्रबिन्दु बनाएर आज (आइतबार) बिहान ३ः०६ बजे भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार, भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ ।
यसअघि, शुक्रबार सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो, जसले त्यहाँका स्थानीयबासीलाई केही समयको लागि भयभित बनाएको थियो ।
भूकम्पबाट कुनै ठुलो क्षति भएको खबर भने हालसम्म आएको छैन । विज्ञहरूले साना भूकम्पहरूलाई भविष्यमा ठूला भूकम्पको पूर्वसङ्केतका रूपमा पनि लिने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।