२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

किट कलेजमा नेपाली विद्यार्थी मृत भेटियो

कूटनीतिक तहबाट छानबिन सुरु
प्रकाशित मिति : २०८२ बैशाख १९ गते

काठमाडौं / भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाह बिहीबार राति मृत फेला परेकी छन् । वीरगन्ज निवासी शाहको शव कलेजकै होस्टेल कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

स्नातक तह दोस्रो सेमेस्टरमा अध्ययनरत शाह रूपन्देहीका विद्यार्थी सुयोग लम्सालकी कक्षासाथी हुन् । उनका अनुसार घटनापछि सबै विद्यार्थी स्तब्ध छन् । ‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन, सबै विद्यार्थी आत्तिएका छन्,’ लम्सालले भनिन्, ‘शाह मेहनती, शालीन र सबैसँग राम्रो व्यवहार गर्ने विद्यार्थी थिइन् ।’

- ADVERTISEMENT -

Advertisement

प्रिसा शाह अर्को एक जना नेपाली छात्रासँग होस्टेलमा बस्दै आएकी थिइन् । शव फेला परेपछि कलेज प्रशासन, स्थानीय प्रहरी र नेपाली दूतावासका प्रतिनिधिहरू घटनास्थलमा पुगेका छन् । भुवनेश्वर प्रहरीले शव परीक्षण (पोस्टमार्टम) शाहको परिवार नआएसम्म नगर्ने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल कूटनीतिक पहल थालेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत सत्यतथ्य छानबिनका लागि आवश्यक पहल गरिरहेको जानकारी दिएकी छिन् ।

उक्त कलेजमा यसअघि पनि यस्तै दुःखद घटना भइसकेको थियो । गत ४ फागुनमा केआईआईटीमै अध्ययनरत भैरहवा निवासी २० वर्षीया प्रकृति लम्साल होस्टेलमा मृत फेला परेकी थिइन् । त्यतिबेला पनि मानसिक दुर्व्यवहार र ब्ल्याकमेलको आरोप उठेको थियो र कलेज प्रशासनको भूमिकामाथि प्रश्न उठाइएको थियो । त्यसपछि राष्ट्रिय मानव अधिकार आयोग, भारतले विश्वविद्यालयको निष्क्रियतालाई गम्भीर लापरवाहीको संज्ञा दिएको थियो ।

हाल केआईआईटीमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । लगातार यस्ता घटनाले विद्यार्थी तथा अभिभावक समुदायमा त्रास फैलिएको छ । विद्यार्थीहरू भन्छन्, ‘हामी सुरक्षित छैनौं, मानसिक रूपमा निरन्तर दबाबमा छौं, यस्ता घटनाको गहिरो र निष्पक्ष छानबिन हुनु जरुरी छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45