२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

नेकपा (एस) चितवनद्वारा प्रजिअसमक्ष माग पत्र पेस (भिडियोसहित)

प्रकाशित मिति : २०८२ बैशाख २० गते
- ADVERTISEMENT -

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीसमक्ष प्रथम चरणको आन्दोलनअन्तर्गत विभिन्न माग पत्र पेस गरेको छ ।

‘सुशासन र रोजगारी : समाजवादको तयारी’ भन्ने नाराका साथ नेकपा एसले चैत १ गतेदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । प्रथम चरणको आन्दोलनअन्तर्गत नेकपा एस चितवनका अध्यक्ष नरेन्द्रकुमार कन्दङ्वाले प्रजिअ प्रकाश पौडेलसमक्ष माग पत्र पेस गरेका हुन् ।

माग पत्रमा सरकारी प्रशासनिक, न्यायिक र राजनीतिक क्षेत्रमा भइरहेको भ्रष्टाचार नै सुशासनमा अवरोध रहेकाले यसलाई निरुत्साहन गर्न माग गरिएको छ । यस्तै, संविधानले महिला, दलित, अशक्त, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका र बालबालिकाको हकअधिकार सुनिश्चित गरेकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।

यस्तै, कृषकलाई पेन्सन, दूध तथा कृषि उपजहरुको समर्थन मूल्य तोक्न, कृषि पकेट क्षेत्र घोषणा गर्न, बाह्रै महिना सिंचाइको व्यवस्था गर्न, वैकल्पिक पर्यटकीय मार्ग निर्माण गर्न, पर्यटकको सवारीका लासग आवाजविहीन सवारीसाधन प्रयोग गरी रोजगारी सिर्जना गर्न पनि नेकपा एस चितवनले माग पत्रमा उल्लेख गरेको छ ।

यसैगरी, कृषकले उत्पादन गरेका वस्तुहरुको उचित मूल्य निर्धारण गरी पालिकाले खरिद गर्ने नीति निर्माण गर्न माग गरिएको छ ।
यस्तै, सबै किसानलाई सर्वसुलभ मूल्यमा बीउबिजन, मल र विद्युतको व्यवस्था गर्न, वैज्ञानिक कृषि प्रणालीको व्यवस्था गर्न, वैज्ञानिक शिक्षा प्रणाली लागू गर्न, सरकारी कार्यालयहरुमा बिचौलियाहरुको अन्त्य गरी सुशासन कायम गर्न, सरकारी कार्यालयहरुमा राखिएका नागरिक वडापत्रको अक्षरशः कार्यान्वयन गर्न र सबै अस्पतालहरुमा स्वास्थ्य बिमा लागू गरी सम्पूर्ण सेवा सोही अस्पतालबाट प्राप्त हुनेगरी व्यवस्था मिलाउन माग गरिएको छ ।

- ADVERTISEMENT -