२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

बैशाख २४ बुधबार सरकारी कामकाजी भाषा दिवस, बागमती प्रदेशले दियो सार्वजनिक बिदा

प्रकाशित मिति : २०८२ बैशाख २३ गते
- ADVERTISEMENT -

चितवन / बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक तथा कानुन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा पारेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभयो ।

गत चैत २१ गते बागमती प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

- ADVERTISEMENT -