२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारत–पाक तनाव : युद्ध समाधान होइन, कूटनीतिक उपाय खोज्नू – अमेरिका

प्रकाशित मिति : २०८२ बैशाख २६ गते

काठमाडौं / भारत र पाकिस्तानबीच चर्किँदो तनावका बीच अमेरिकाले दुबै पक्षलाई संयम अपनाउन र युद्धको बाटो नलिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हिंसा र सैन्य कारबाहीबाट समस्या समाधान नहुने भन्दै वार्ता र कूटनीतिक प्रयासलाई प्राथमिकता दिन सुझाव दिएको छ ।

विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले एक पत्रकार सम्मेलनमा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो ।’ उनले यो पनि स्पष्ट पारिन् कि मध्यपूर्वका पछिल्ला घटनाले पनि प्रमाणित गरिसकेको छ कि युद्ध समाधान होइन ।

- ADVERTISEMENT -

Advertisement

उनले जोड दिइन्, ‘पुस्तौंदेखि जारी हिंसा र समस्यालाई समाधान गर्न नयाँ विचार र कूटनीतिक पहल नै आवश्यक छन् । युद्ध, सेना र हिंसा दीर्घकालीन समाधान बन्न सक्दैनन् ।’

पत्रकारहरूले भारत–पाकिस्तानबीच अमेरिकाको सम्भावित मध्यस्थता बारे सोध्दा प्रवक्ताले त्यसबारे स्पष्ट पुष्टि त गरिनन् तर अस्वीकार पनि गरिनन् । ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक या कुनै पनि तहमा वार्तामा हुन्छन्, हामी त्यसका विवरणहरू सार्वजनिक गर्दैनौं, यो हाम्रो नीति हो,’ ब्रुसले भनिन् ।

उनका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमार्फत कुराकानी गरेका थिए । उक्त कुराकानीमा रुबियोले दुवै पक्षलाई तनाव कम गर्न, हिंसा रोक्न र प्रत्यक्ष वार्तामा जोड दिन आग्रह गरेका थिए ।

अमेरिकाले यथास्थितिमा संयमता अपनाउने, संवादमार्फत समस्याको समाधान खोज्ने र क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउने स्पष्ट सन्देश दिएको छ । भारत र पाकिस्तानबीच लामो समयदेखि रहँदै आएको द्वन्द्व र चासोलाई ध्यानमा राख्दै अमेरिकी भनाइलाई गम्भीरतापूर्वक लिने बेला आएको संकेत विश्लेषकहरूले गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72