Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङहरु राजनीतितर्फ उन्मुख हुनुपर्छ : घेदुङ अध्यक्ष गोले

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते

– बबिलाल तामाङ
चितवन । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायको अबको यात्रा राजनीति रहेको बताएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको आयोजनामा तामाङ भाषा, लिपि प्रवध्दर्न तथा सामुदायिक अधिकार विषयक प्रशिक्षण कार्यक्रमको समापन गर्दै कार्यक्रमका प्रमुखअतिथि गोलेले परापूर्वकालदेखि राज्यले थिचोमिचो गर्दै आएको बताउँदै तामाङ समुदाय अब राजनीतितर्फ उन्मुख हुनुपर्ने बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘हाम्रा पूर्खाहरुलाई विभिन्न कालखण्डमा राज्यले सदियौँदेखि दमन गर्दै आएको छ’, उनले भने, ‘आफ्नो हकअधिकारका लागि तामाङ समुदाय अब जागरुक हुनुपर्ने बेला आएको छ ।’ कार्यक्रमको प्रमुख वक्तासमेत रहेका गोलेले तामाङ समुदायको हकअधिकारको लागि राजनीतिमार्फत जागरुक हुनुपर्नेमा जोड दिएका हुन् ।

भरतपुर वडा नं. ११, भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा जिल्लाभरिका तामाङ समुदायलाई लक्षित गरी सोमबार प्रशिक्षण कार्यक्रम गरिएको घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए ।

पछिल्लो समय तामाङ समुदायभित्र आफ्नो भाषा, संस्कृति बिर्संदै जाने क्रममा बढेपछि घेदुङले ‘तामाङ भेषभूषा, धर्म, कला, लिपि, संस्कार तथा संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौँ’ भन्ने मूल नारासहित संरक्षणमा जोड दिएको अध्यक्ष तामाङले बताए ।

कार्यक्रममा वाङजु बाइवाले डिजिटल प्रविधिबाट तामाङ लिपि र एपबारे आफ्नो प्रस्तुति राखेका थिए । बाइवाले लामो समयको अध्ययन र अनुसन्धान गरी एपबाटै पछिल्लो पुस्तालाई लक्षित गरी जनजातिको भाषा, लिपिको संरक्षण जगेर्नामा जोड दिँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67