Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अहमदावाद विमान दुर्घटना अपडेट : २४१ यात्रु मृत्यु भएको पुष्टि, एक करोड दिने घोषणा

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते
file photo.

काठमाडौं / भारतीय राज्य गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । अहमदावादबाट बिहीबार दिउँसो लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

भारतीय समय अनुसार, दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावाद विमानस्थलबाट उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान २ बजेर ४० मिनेटमा भुइँमा बजारिँदै आगोको विशाल गोलामा परिणत भएको थियो । टाटा कम्पनीको स्वामित्वमा रहेको उक्त विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए ।

- ADVERTISEMENT -

Advertisement

घटनास्थलको निरीक्षणपछि भारतीय गृहमन्त्री अमित शाहले विमानमा रहेका एक यात्रुबाहेक सबैको मृत्यु भएको पुष्टि गरे । ‘मैले बाँच्न सफल एकमात्र यात्रुसँग कुराकानी गरेको छु,’ शाहले पत्रकारहरूलाई भने, ‘उनी भारतीय मूलका ब्रिटिश नागरिक हुन् र हाल उनको उपचार भइरहेको छ ।’

मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन् । दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन् । दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीले पनि ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

विमानको स्वामित्व लिएको टाटा कम्पनीले तत्कालै दुर्घटनामा मृत्यु भएका प्रत्येक यात्रुका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, जीवित एकमात्र यात्रुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67