– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १, नारायणगढस्थित बालकुमारी कन्या माध्यमिक विद्यालयलाई प्राकृतिक स्वच्छ खानेपानी धारा हस्तान्तरण गरिएको छ ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको पिडिजी फोरमका अध्यक्ष एवम् पूर्व गभर्नर पिएफजेएफ सुनिलभक्त श्रेष्ठले शुक्रबार प्राकृतिक स्वच्छ खानेपानी धाराको उद्घाटन गरेका हुन् ।
- ADVERTISEMENT -

स्व. शिवकुमार प्रधानको स्मृतिमा श्रीमती रोहिणी श्रेष्ठ प्रधानको परिवारद्वारा उक्त खानेपानी धाराको सहयोग प्राप्त भएको हो । स्व. प्रधानको सम्झनामा उनका परिवारले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि विशुद्ध खानेपानी उपलब्ध गराइएको हो ।

उक्त कार्यक्रम मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल पूर्व डिष्ट्रिक्ट गभर्नर्स स्पाउस फोरमको आयोजना र लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष सिद्धार्थलाल चुकेले सहजीकरण गरेको हो । पूर्व अध्यक्ष चुकेका अनुसार एक महिनापश्चात निर्माण सम्पन्न भएको उक्त खानेपानी धाराको लागत पाँच लाख रहेको छ ।
कार्यक्रममा फष्ट भिडीजीई एमजेएफ प्रभाकर पण्डित, पिडिजी प्रभातकुमार जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुके, बालकुमारी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

पूर्व डिष्ट्रिक्ट गभर्नर्स स्पाउस फोरमका अध्यक्ष दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन सचिव रचना चुकेले गरिन् ।
यसअघि लायन्स क्लब अफ नारायणगढ नारायणीद्वारा देवचुलीको एक स्कुलमा ‘प्राकृतिक स्वच्छ खानेपानी धारा हस्तान्तरण गरिएको थियो ।