२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

नारायणगढको कन्या माविलाई प्राकृतिक स्वच्छ खानेपानी धारा

स्व. शिवकुमार प्रधानको स्मृतिमा परिवारद्वारा सहयोग
प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते
Photo : newsprabah

– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १, नारायणगढस्थित बालकुमारी कन्या माध्यमिक विद्यालयलाई प्राकृतिक स्वच्छ खानेपानी धारा हस्तान्तरण गरिएको छ ।

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको पिडिजी फोरमका अध्यक्ष एवम् पूर्व गभर्नर पिएफजेएफ सुनिलभक्त श्रेष्ठले शुक्रबार प्राकृतिक स्वच्छ खानेपानी धाराको उद्घाटन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

स्व. शिवकुमार प्रधानको स्मृतिमा श्रीमती रोहिणी श्रेष्ठ प्रधानको परिवारद्वारा उक्त खानेपानी धाराको सहयोग प्राप्त भएको हो । स्व. प्रधानको सम्झनामा उनका परिवारले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि विशुद्ध खानेपानी उपलब्ध गराइएको हो ।

उक्त कार्यक्रम मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल पूर्व डिष्ट्रिक्ट गभर्नर्स स्पाउस फोरमको आयोजना र लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष सिद्धार्थलाल चुकेले सहजीकरण गरेको हो । पूर्व अध्यक्ष चुकेका अनुसार एक महिनापश्चात निर्माण सम्पन्न भएको उक्त खानेपानी धाराको लागत पाँच लाख रहेको छ ।

कार्यक्रममा फष्ट भिडीजीई एमजेएफ प्रभाकर पण्डित, पिडिजी प्रभातकुमार जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुके, बालकुमारी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

पूर्व डिष्ट्रिक्ट गभर्नर्स स्पाउस फोरमका अध्यक्ष दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन सचिव रचना चुकेले गरिन् ।

यसअघि लायन्स क्लब अफ नारायणगढ नारायणीद्वारा देवचुलीको एक स्कुलमा ‘प्राकृतिक स्वच्छ खानेपानी धारा हस्तान्तरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10