२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता पत्रमा हस्ताक्षर

प्रकाशित मिति : २०८२ चैत्र २७ गते

चितवन / सप्तगण्डकी बहुमुखी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक–औद्योगिक सहकार्यको लागि सम्झौता भएको छ । आज (शुक्रबार) सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल र उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीबीच सो समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा क्याम्पस र उद्योग वाणिज्य संघबीच उद्यमशिलता प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ । सम्झौतापत्रमा उद्योग वाणिज्य संघले सप्तगण्डकी क्याम्पसमा विद्यार्थीहरुलाई विज्ञ मार्गदर्शन र परामर्श, औद्योगिक सम्पर्क, पूर्वाधार र तथ्यांकमा पहुँच दिएर सहयोग पुर्‍याउने छ भने क्याम्पसले उद्योग व्यवसाय क्षेत्रको माग अनुसार उद्योगलाई आवश्यक पर्ने विषयहरुमा पाठ्यक्रम निर्माण गर्ने, अध्ययन र अनुसन्धानमा सहयोग पुर्‍याउने छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी सम्झौता अनुसार चितवनमा नियमित उद्योग शिक्षा संवाद हुनुका साथै संयुक्तरुपमा पाठ्यक्रमहरुमाथि समीक्षा गरेर बजारको माग अनुसार जनशक्ति उत्पादन गर्नमा क्याम्पस अग्रसर हुनेछ ।

सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा. कपिलदेव सुवेदीले सम्झौंतापछि उद्यमशिलता विकासको लागि संघले तालिम र उत्प्रेरण प्रदान गरेर विद्यार्थीलाई उद्योगी बन्न सहयोग गर्ने बताए ।

उनले भने, “उद्योग कसरी सञ्चालन हुन्छ भन्ने तालिम र उत्प्रेरणा विद्यार्थीहरुले प्राप्त गर्छन् ।” संघले उद्यमशिलता सम्वद्र्धन केन्द्र सञ्चालन गरेको छ जहाँबाट विद्यार्थीहरुले तालिम प्राप्त गर्नुका साथै विद्यार्थीहरुले संघको विभिन्न कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

यसप्रकारको सम्झौताले चितवनमा पढाइ र रोजगारीको बीचमा देखिएको दूरी कम गर्न सहयोग पुग्ने क्याम्पस र संघको अपेक्षा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85