२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सत्तामा गएका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्छ’

प्रकाशित मिति : २०८२ असार ८ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि पार्टीबाट सत्तामा पुगेका सबै नेताको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

काठमाडौंमा आईतबार आयोजित ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले पार्टीको बैठकबाट नै उक्त प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘२०४६ सालको आन्दोलनपछि कांग्रेस सत्तामा आयो । त्यसयता वडादेखि केन्द्रसम्म जस–जसले जिम्मेवारी पाएका छन्, सबैको सम्पत्ति छानबिन गरौँ,’ थापाले भने, ‘देशले विश्वास गर्ने, निष्पक्ष पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाऔँ । त्यो व्यक्ति न कांग्रेस होस्, न एमाले, न माओवादी ।’

महामन्त्री थापाका अनुसार, यस्तो आयोगलाई २०४६ सालपछि सत्तामा गएका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्ने छ । ‘छानबिनका क्रममा जतिसुकै शक्तिशाली व्यक्ति परे पनि, आयोगको प्रतिवेदनलाई पार्टीले स्वीकार्ने आँट गर्नुपर्छ,’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

नयाँ पुस्ता (जेन–जी) को विश्वास जित्न भ्रष्टाचारविरुद्ध स्पष्ट मापदण्ड र दृढ प्रतिबद्धता आवश्यक रहेको बताउँदै थापाले जोड दिए, ‘न्यायको पक्षमा उभिन सक्ने र परिवारको लागि होइन, देशका लागि लड्ने नेतामात्र अब स्वीकारिन्छन् ।’

उनले विगतमा नेताहरु देशका लागि लडे पनि अहिलेका युवाहरू ‘परिवारका लागि कमाउने नेता’ स्वीकार नगर्ने स्पष्ट संकेतसमेत दिए । ‘यो पुस्ताको गुनासो सम्बोधन नगरी अब हामी उनीहरूको बीचमा जान सक्दैनौं,’ थापाले भने, ‘यो नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88